ad ad

राजनीति


कांग्रेस रुपान्तरण अभियानलाई कार्यकर्ताले अनुमोदन गरे : गुरु घिमिरे

कांग्रेस रुपान्तरण अभियानलाई कार्यकर्ताले अनुमोदन गरे : गुरु घिमिरे

कांग्रेस नेता गुरुराज घिमिरे। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २, २०८० मंगलबार १३:२०, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफूहरुले थालेको ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’लाई कार्यकर्ताहरुले अनुमोदन गरेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

गत जेठ २ गते घोषित रुपान्तरण अभियान दुई महिनासम्म देशभर पुगेपछि नेता कार्यकर्ताहरुले अनुमोदन गरेको उनले बताएका हुन्। 

‘हामीले कांग्रेस रुपान्तरण अभियान सातै प्रदेशमा लग्यौँ। साना भेला क्षेत्र र जिल्लासम्म पनि भएका छन्’, उनले भने, ‘हाम्रो अभियानलाई सांसद, पूर्वसांसद, पूर्व जिल्ला सभापति, नगरसभापति र गाउँपालिका सभापतिसहितले अनुमोदन गरेका छन्।’

उनले आफूहरुको दुई महिने अभियानको प्रतिवेदन मुख्य सचिवमार्फत सभापति शेरबहादुर देउवालाई बुझाइएको पनि बताएका छन्। 

गत जेठ २ गते कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीसहितले रुपान्तरण अभियान घोषणा गरेका थिए।

अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .