नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १२ गते देशभरका वडामा एकैपटक पार्टी स्थापना दिवस मनाउने प्रस्ताव गरेका छन्।
११ महिनापछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै उनले माघ १२ गतेको पार्टी स्थापना दिवस भव्य बनाउनुपर्ने बताए। कांग्रेस वि.सं. २००३ माघ १२ गते स्थापना भएको हो।
‘यसपटकको स्थापना दिवसमा हामी जिल्लाको कार्यक्रम राख्दैनौं, ६७४३ वटै वडामा विशेष कार्यक्रम राख्छौँ,’ थापाको प्रस्ताव छ, ‘पार्टी सभापति पनि वडाबाट सक्रिय सदस्य भएकोले सम्बन्धित वडामै पुग्नुपर्छ।’
थापाले एक वर्षमा के–के काम गर्ने क्यालेण्डर नै प्रस्तुत गरिरहेको छन्। पहिलो पटक कांग्रेसको सांगठनिक एजेण्डा थापाले पावर प्वाइन्टमार्फत् प्रस्तुत गरिरहेका छन्।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा महामन्त्री थापाले कांग्रेसले आगामी दिन गर्नुपर्ने कामहरुको फेहरिस्त प्रस्तुत गरिरहेका छन्।
उनले पार्टीलाई जनतासँग जोड्न पार्टी संवाद कार्यक्रम गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हरेक महिना कुनै न कुनै विज्ञसँग कुरा गरौं,’ थापाको प्रस्ताव छ।
उनले बौद्धिक नेता प्रदीप गिरि लगायतका नेताहरुको सम्झनामा विशेष संवाद कार्यक्रम गर्न पनि प्रस्ताव गरेका छन्।
Shares
प्रतिक्रिया