ad ad

राजनीति


कांग्रेसले पार्टी सदस्यता बढाएर ८ लाखबाट १४ लाख पुर्‍याउने (प्रतिवेदन)

कांग्रेसले पार्टी सदस्यता बढाएर ८ लाखबाट १४ लाख पुर्‍याउने (प्रतिवेदन)

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाँदै सभापति देउवा। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १५:४२, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सदस्यता विस्तार अभियानलाई तीव्रता दिने भएको छ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा पेश गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। 

कांग्रेसले कम्तीमा पनि ५ लाख नयाँ पार्टी सदस्य थप्ने योजनासहित ‘घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने भएको हो। 

थापाले बैठकमा आगामी २० साउन देखि ३१ असार २०८१ सम्मका लागि पार्टी सदस्यता विस्तार अभियान चलाउने योजनासहित प्रस्ताव गरेका हुन्। 

महामन्त्री थापाले यो अभियान अन्तर्गत ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्ने योजना पनि अघि सारेका छन्। 

यसअघि २४ मंसिर २०७८ देखि भएको १४ औँ  महाधिवेशनसम्म कांग्रेसका क्रियाशील सदस्य ८ लाख ६६ हजार रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। 

अब उक्त संख्यालाई बढाएर कांग्रेसले कम्तीमा पनि १४ लाख आसपास पुर्‍याउने गरी योजना अघि सारेको हो। 

सम्बन्धित समाचार

यस्तो छ योजना 

  • यसअघि १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेकाको क्रियाशील सदस्यता कार्ड साउन महिनाभित्र सदस्यहलाई उपलब्ध गराउने गरी कार्य गर्ने।
  • विधान बमोजिम हरेक वर्ष नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यता नियमित रुपमा नविकरण गर्न भदौ, असोज र कार्तिकमा नविकरण अभियान संचालन गर्ने।
  • क्रियाशील सदस्यता वितरण वर्षभरी नै निरन्तर गर्ने। अधिवेशनको वर्षमा विधानतः अधिवेशन पूर्वको ६ महिना क्रियाशील सदस्यता वितरण नगर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने।
  • कांग्रेस सदस्यता वितरणलाई अनलाइनमार्फत प्रदान गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने।
  • संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई 'घर-घर जाऔँ, पार्टी सदस्य बनाऔँ' राष्ट्रिय अभियान गरिने छ। एक वर्षको अवधिमा कम्तीमा ५ देखि ७ लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ यो अभियान गरिने छ।

प्रतिवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .