ad ad

राजनीति


नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा ६४ प्रति रवि लामिछानेको आपत्ति

नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको दफा ६४ प्रति रवि लामिछानेको आपत्ति

नेपालखबर
साउन ३, २०८० बुधबार १०:१२, काठमाडौँ

प्रतिनिधि सभा सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ले संसद्‌बाट पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ को दफा ६४ मा भएको व्यवस्थाप्रति आपत्ति जनाएका छन्। 

गत असार ३१ गते मिटरब्याजसम्बन्धी विधेयकसँगै उक्त विधेयक पनि प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो। 

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकको दफा ६४ मा राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान रहेको उल्लेख गर्दै सभापति लामिछानेले अहिले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलगायत सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन्। 

आफूहरूले त्यस दिन उक्त दफा हटाएर मात्र उक्त विधेयक टेबुल होस् भनेर प्रतिनिधि सभामा विरोध गरेको तर सदन पूरै रोकेको भए त्यही दिनको कार्यसूचीमा रहेको मिटरब्याजसम्बन्धी विधेयक पनि पारित हुन नपाउने स्थिति भएको उनले बताएका छन्। 

‘समाचारहरू त बने रास्वपा झुक्कियो। झुक्कियौँ होला। तर भन्नुस्– नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई केका लागि झुक्याउने खेल हुँदै छ? खोइ यथेष्ट  समाचार, खोइ बहस, खोइ विज्ञप्ति, खोइ अन्तरवार्ता??।’ 

हेर्नुहोस् उक्त विधेयकको दफा ६४

हेर्नुहोस् रवि लामिछानेको पूरा वक्तव्य-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .