ad ad

राजनीति


रामहरि खतिवडाको चिन्ता : खुलेर बोलौँ भाइरल हुन्छ, नबोलौँ मनभरी कुरा छ

रामहरि खतिवडाको चिन्ता : खुलेर बोलौँ भाइरल हुन्छ, नबोलौँ मनभरी कुरा छ

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १५:११, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि सानेपामा जारी छ।

मंगलबार दुई महामन्त्री तथा उपसभापतिले विभिन्न प्रस्ताव र एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ।

बुधबार बैठकमा बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले अहिले केन्द्रदेखि सातै प्रदेशमा पार्टीका मन्त्रीहरु रहे पनि आशलाग्दो अवस्था नरहेको बताए। 

‘पहिले हामीले गठबन्धनलाई टिकाउन सकिएन। तर अहिले पुरानो गठबन्धन फर्किएर मन्त्रीका रुपमा हामीले संघदेखि सातै प्रदेशमा देख्न पाउन पाएका छौँ’, उनले भने, ‘तर हाम्रो अवस्था सुध्रिएन। हामी आफैंभित्र चर्का कुरा गर्छौँ, एउटाले अर्कालाई गाली गर्छौँ। महामन्त्री र सभापतिलाई गाली गरेर पार्टी दह्रो हुँदैन।’

उनले बैठक लाइभ गरेर पार्टीलाई प्रजातान्त्रिक बनाउन सही कदम चालिएको भन्दै सभापति देउवा र पदाधिकारीहरुको प्रशंसा गरे।

तर उनले लाइभ भएकाले खुलेर बोल्न गाह्रो भएको उल्लेख गरे। ‘खुलेर गरौँ भाइरल हुन्छ, खुलेर कुरा नगरौँ मनभरी छ’, उनले भने, ‘अहिले हामी एउटाको सहारा लिएर जित्ने अवस्था छ भने जितौँ, एक्लै लड्न सके पनि लडौँ।’

उनले गत वैशाख १० गतेको उपनिर्वाचन परिणामबाट कांग्रेस डराएको पनि बताए। ‘अहिले हामी आफैं उपनिर्वाचनबाट डराएका छौँ। तनहुँमा हामी पराजित भएका छौँ सत्य हो’, उनले भने, ‘हामीले पार्टीलाई गाली गरेर हुँदैन। ०८४ मा खत्तम भयौँ भन्यौँ भने हुँदैन। हामी २१०० सम्म पार्टीलाई पहिलो बनाइरहने गरी लागौँ। एकअर्कालाई गाली गरेर हामी अघि बढ्दैनौँ।’

खतिवडाले संसद्‍मा प्रतिपक्षीले हल्लाइरहेको बताए। ‘सभापतिजी संसद्‍मा यदाकदा जाने, उपसभापतिहरु मन्त्री हुने’, उनले भने, ‘प्रतिपक्षले कसरी संसद् हल्लाउँछन् देख्नु भएकै होला।’

उनले पार्टीलाई एक बनाएर अघि बढाउने गरी भूमिका खेलेकोमा नेता डा. शेखर कोइरालाको पनि खुलेर प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .