ad ad

राजनीति


टीआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

टीआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

नेपालखबर
साउन ५, २०८० शुक्रबार १५:५५, काठमाडौँ

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले १५ दिन उपसमितिको म्याद थप गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप गरेको बताए।

उनले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गरे।

‘समितिको आजको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ। जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न मान्य कानूनमन्त्रीज्युलाई समितिको आगामी बैठकमा आमन्त्रित गर्ने प्रश्ताव पेस
गर्दछु,’ गुप्ताले भने।

अधिकार समिति समितिले कानूनमन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त गर्नुभएका कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .