ad ad

राजनीति


सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक : मन्त्री रिजाल

सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक : मन्त्री रिजाल

नेपालखबर
साउन ६, २०८० शनिबार १३:५४, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।

नेपाल रत्न तथा आभूषण संघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए।

‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि यस व्यवसयाको प्रवर्द्धनका लागि सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिस्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए। उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्नेकुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए। 

सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताए। सुनचाँदी जस्तो अति आवश्यक व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको पनि बताए। उनले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताए।

उनले आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिएर गइरहेको बताउँदै सरकारी खर्च झनै बढ्दै जाँदा राजस्व पनि क्रमशः घटिरहेको बताए। उनले बैंकिङ क्षेत्रमा रकम थुप्रिएको भएपनि लगानीको अवस्था नरहेको जिकिर गरे। 

प्रताडित रहेको निजी क्षेत्रलाई कसले सम्हाल्ने भन्ने चिन्ता हुँदै आएको बताए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महाउसंघको एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले नेपालको बढ्दो घाटा कम गर्न सुनचाँदी व्यवसायको प्रवर्द्धन गर्नुपर्ने बताइन्। उनले नेपाली गरगहनाको अन्तर्राष्ट्रिय बजारमा माग बढीरहेपनि माग सम्बोधन गर्न नसकेको बताइन्। उनले विदेशको मागलाई पूर्ति गर्न सरकारको नीतिगत सहयोग आवश्यक रहेको पनि बताइन्।

नेपाल रत्न तथा आभूषण संघकी निःवर्तमान अध्यक्षसमेत रहेकी श्रेष्ठले विदेश जाने नेपालीले लगाएको गहना स्वदेशमा नै राखेर गएमा फर्कंदा भन्सारको झन्झटिलो नहुने व्यवस्थाका लागि संघले गरेको पहल सकारात्मक भइरहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .