ad ad

राजनीति


प्रकाशशरणको तर्क : सत्तामा हुँदा  कांग्रेसले भ्रष्टाचारको कल्पना पनि गर्दैन

प्रकाशशरणको तर्क : सत्तामा हुँदा  कांग्रेसले भ्रष्टाचारको कल्पना पनि गर्दैन

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १३:४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने कुरा अहिले छलफलको विषय हुन नसक्ने बताएका छन्। 

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले यस्तो बताएका हु्न्।

‘सत्तामा नहुँदा निराश हुने र सत्तामा हुँदा किन बसेको भन्ने मानसिकतामा नजाऊँ’, उनले भने, ‘आगामी निर्वाचनमा एक्लै जाने नजाने बहस र छलफलतर्फ जानुभन्दा हामी बलियो हुने अभियानमा जाऊँ।’

अर्थमन्त्रीसमेत रहेका महतले भ्रष्टाचारबारे कांग्रेसको दृष्टिकोण प्रष्ट रहेको पनि बताए। 

‘भ्रष्टाचारमा कांग्रेसको के दृष्टिकोण छ। यो देशमा एमालेले शासन गर्यो, अरुले पनि शासन गरे। ती शासनकालमा के कस्ता क्रियाकलाप भए? यी कुरा सबैलाई थाहा छ’, उनले भने, ‘कांग्रेसले सत्तामा जाँदा भ्रष्टाचार गर्ने कुरा कल्पना पनि गर्दैन। हाम्रो पार्टी चाहिँ भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छैन। अरु दल छन् भन्ने भाष्य अहिले बनाइएको छ। शंका नहोस् कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन।’

उनले देश विकास अघि नबढेको कारण कांग्रेस नै हो भन्ने भाष्य नेता कार्यकर्ताहरुले सच्याउनुपर्ने बताए। 

‘हामीमा मात्रै कमी कमजोरी छन्, अरु राम्रा छन् भन्ने मानसिकता छाडेमा देश बन्न सक्छ’, उनले भने, ‘पार्टी सभापतिको नेतृत्वमा गठबन्धनमा तलदेखि माथि हामी पहिलो छौँ। बीचमा सत्ता गुमेको निराशालाई चिरेर हामी एक ठाउँमा उभिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .