ad ad

राजनीति


‘जनताले सरकार भएको अनुभूति गरेनन्, कांग्रेसले सोच्ने बेला भयो’

‘जनताले सरकार भएको अनुभूति गरेनन्, कांग्रेसले सोच्ने बेला भयो’

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १३:३३, काठमाडौँ

नेपाली कांग्रेसका  केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले जनताले सरकार नभएको अनुभूति गरिरहेको बताएका छन्। 

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार आफ्ना भनाइ राख्दै कांग्रेससमेत सहभागी गठबन्धन सरकारबारे प्रश्न उठाएका हुन्। 

‘सरकारको कामकाज समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन। तर गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वतस्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने बिषयमा भने सोच्नु पर्ने समय आएको छ’, उनले बैठकमा भने।

उनले माथिदेखि तलैसम्मका सरकारमा कांग्रेसको पकड भए पनि जनताले चित्त बुझाउने अवस्था नरहेको टिप्पणी गरे।

‘स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुसँग जनअपेक्षा अत्यन्त बढी छ। त्यसअनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन?’, उनले भने, ‘नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरु सचेत हुनुहुनेछ। महङ्गी र कालाबजारीले जनता आक्रान्त छन।’ 


उनले जनजीविकाको सवालमा जनताले सरकार नै नभएको महसुस गरिरहेको पनि बताए। ‘जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्’, उनले भने, ‘यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .