ad ad

राजनीति


समाजवादी मोर्चाबारे प्रश्न गर्दै शेखरले भने- गठबन्धनभित्र अर्को गठबन्धन बन्यो

समाजवादी मोर्चाबारे प्रश्न गर्दै शेखरले भने- गठबन्धनभित्र अर्को गठबन्धन बन्यो

नेपालखबर
साउन ७, २०८० आइतबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्।

पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकको पाँचौ दिन बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो? भनी प्रश्न गरे।

उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र। हामीहरूको गठबन्धन भित्रपनि अर्को गठबन्धन बनेको छ। समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ कोइरालाले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए। उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे।

‘भ्रष्टाचार र सुशासन दुई विपरित दिशामा हिँड्छन्। कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरे जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसँग छैन,’ उनले भने।

भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेर गएको उनको भनाई छ।

‘यस विषयमा केवल भावनामा बगेर हलुका टिप्पणी गरेर पन्छिनसक्ने अवस्था पनि छैन। यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमलिएको छ,’ कोइरालाले भने, ‘यसमा हामी सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता पनि मैले देखेको छु। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिनेछ भन्ने मैले विश्वास पनि लिएको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .