ad ad

राजनीति


आफू अर्थमन्त्री बनेपछि सुन समातिएको बताउँदै महतले भने - जरोसम्म पुगेर अनुसन्धान हुँदैछ

आफू अर्थमन्त्री बनेपछि सुन समातिएको बताउँदै महतले भने -  जरोसम्म पुगेर अनुसन्धान हुँदैछ

नेपालखबर
साउन ८, २०८० सोमबार १२:५८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले हङकङबाट नेपाल भित्रिएको १ क्विन्टल बढी सुन आफ्नो कार्यकालमा समातिएको बताएका छन्।

आफूले बजेटमार्फत् सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था गरेका कारण सुन समातिएको उनको भनाइ थियो। सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले बजेटले सूचना दिने व्यवस्था गरेका कारण सुन समातिएको दावी गरे। 

आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण सुन समातिएको उनको भनाइ थियो।

'मैले बजेटमा नै प्रस्ताव गरेको हो, भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो ,' उनले भने।

उनले यस प्रकरणमा जरोसम्म पुगेर अनुसन्धान भइरहेको बताएका छन्। छानबिनका लागि अुनसन्धान टोली बनाएर काम गरिरहेको उनले बताए। 'कतिपय अवस्थामा यस्ता घटना हुने तर त्यसमा सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन सरकार कटिवद्ध छ,' उनले भने।

आगामी दिनमा यस्ता घटना हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासिनता भएको भए कारबाही गरिने बताए। उनले भने, 'यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ, राज्य संयन्त्र गम्भीर छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .