नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले पार्टी संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।
शर्माले संसद् बैठक साउन १० गते बस्दै गर्दा त्यसअघि नै कांग्रेस संसदीय दलको बैठक बोलाएर छलफल गर्नु जरुरी रहेको बताएका हुन्।
सांसद् शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौँ मूल्यको सुन अवैध रुपमा भित्र्याइँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको भूमिका शंकास्पद रहेको बताएका छन्।
‘पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभाग र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतोमा ठूलो परिमाणको सुन बाहिरिने क्रममा नियन्त्रणमा लिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘उक्त घटनामा अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको देखिएको छ। अर्थ र गृहमन्त्रीको भूमिकाप्रति जनस्तरमा शंका पैदा भएकाले संसदीय दलको बैठक बसेर उपयुक्त राय निकाल्नु जरुरी छ।’
उनले सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्र दर्ता गराएका छन्।
संसदीय दलको बैठक बोलाउन २५ प्रतिशत सांसदको हस्ताक्षर आवश्यक पर्छ। तर पार्टीभित्र गुटबन्दी सिर्जना हुन सक्ने जिकिरसहित सांसदहरुको मनोभावना र चाहना समेट्दै बैठक बोलाउन शर्माले दलका नेता शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।
Shares
प्रतिक्रिया