ad ad

राजनीति


उच्च तहका नेताहरूको सम्पती छानबिन गरेरै छाडिन्छ, कसैलाई छाडिन्नँ : कानुनमन्त्री गुरुङ

कांग्रेस, एमाले, माओवादी जो परेपनि भ्रष्टाचारीलाई कठघरामा ल्याउने प्रतिवद्धता
उच्च तहका नेताहरूको सम्पती छानबिन गरेरै छाडिन्छ, कसैलाई छाडिन्नँ : कानुनमन्त्री गुरुङ

नेपालखबर
साउन ९, २०८० मंगलबार १५:३८, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन्। 

‘धनराज गुरुङ यदी फरक कांग्रेस हो, शेखर कोइराला यदी फरक कांग्रेस हो भने हामीले भन्नैपर्छ। पहिला हाम्रो सम्पती छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ,’ उनले भने, ‘छानबिन समिति आयोग गठन गर भन्नुपर्छ। म आफैं सरकारमा छु। म भन्दैछु। आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पती छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु।’

उनले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताए। उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने उनले बताए। 

‘ढिलो चाँडो उच्च तहका नेताहरुको सम्पती छानबिन आयोग गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन। रुपान्तरण त यहाँबाट होला नि त। विषयबाट गर्ने होला नि त रुपान्तरण। सिद्धान्तबाट गर्ने होला नि त रुपान्तरण, इस्युबाट होला नि त, रुपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन,’ उनले भने, ‘भ्रष्टाचारका ठूला ठूला काण्डहरूको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रज्यू अघि बढ्नुस्। जो जो पर्छन् पर्छन्, कांग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने हो।  म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न।’

उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर समेत गरे। उनले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने पनि बताए। 

निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताए।

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए। उनले १५औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए। १५औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .