ad ad

राजनीति


फौजदारी मुद्दा लागेकालाई राजनीतिक भनेर छुट दिँदा देशको छवि बिग्रयो : शेखर

फौजदारी मुद्दा लागेकालाई राजनीतिक भनेर छुट दिँदा देशको छवि बिग्रयो : शेखर

नेपालखबर
साउन ९, २०८० मंगलबार १८:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए।

उनले भने, ‘दण्डहिनताको अन्त्य हामीले सकिराखेका छैनौँ। राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको छ। हुँदाहुँदा कानून नै हामीहरु यस्तो बनाउन खोज्दैछौँ, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने। यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु।’

उनले भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने?भनी प्रश्न पनि गरे।

कोइरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताए। उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताए।

जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्ने बताए। उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताए।

उनले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भिर तरिकाले गाँजिएको मैले पाइराखेको छु। जताहेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीँ भ्रष्टाचार देखिन्छ। यो केन्द्रीय समिति पछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसावले हामी अगाडि बढ्नै पर्छ। नत्रभने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ भन्नेकुरा तपाईहरुलाई भन्न चाहन्छु।’

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .