ad ad

राजनीति


सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव

सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव

नेपालखबर
साउन १०, २०८० बुधबार १४:१, काठमाडौँ

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणलाई लिएर संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

रास्वपा सांसद डीपी अर्यालसहितले बुधबार दिउँसो संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। 

उक्त प्रस्तावमा रास्वपा सभापति रवि लामिछानेले पनि हस्ताक्षर गरेका छन्।

रास्वपाको प्रस्तावमा सुनकाण्डलाई लिएर सरकार जवाफदेही हुनुपर्ने र संसद्‍लाई चित्त बुझ्दो जवाफ दिनुपर्ने माग पनि गरिएको छ।

रास्वपा उपसभापति अर्यालले यो प्रकरणमा सरकारलाई जिम्मेवारी बनोस् भन्ने दबाबका लागि यो प्रस्ताव दर्ता गराइएको बताएका छन्। 

उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यो प्रकरणमा गैरजिम्मेवारीको हद नाघेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।

रास्वपाले भने यो प्रकरणमा कसैको राजीनामा नमागीलाई सरकारसँग जवाफ मागेको हो।

यसअघि एमालेले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग राजीनामा माग्ने तयारी गरेको छ। एमाले दलको बैठक अहिले बसिरहेको छ। 

एमालेले राजीनामा मागे पनि रास्वपाले त्यसलाई साथ नदिएर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .