ad ad

राजनीति


प्रचण्डको अनुमतिमा माओवादी पदाधिकारी बैठक, केन्द्रीय समितिका एजेन्डा तय गर्दै

प्रचण्डको अनुमतिमा माओवादी पदाधिकारी बैठक, केन्द्रीय समितिका एजेन्डा तय गर्दै

नेपालखबर
साउन १०, २०८० बुधबार १४:२, काठमाडौँ

सत्तारुढ दल (नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आजै अपरान्ह ४ बजे बस्नेगरी सकिएको छ।

बुधवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा आगामी १७ गतेबाट बस्ने केन्द्रीय समितिको एजेन्डा तयार गर्ने विषयमा प्रारम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

उनले केन्द्रीय समितिको बैठकका लागि प्रारम्भिक एजेन्डा तय गर्न बैठक बसेको र केही पदाधिकारीहरुले आफ्नो धारणा राखिसकेको र केही पदाधिकारीको धारणा साँझ ४ बजेको बैठकमा राख्नगरी अहिलेलाई बैठक सकिएको बताए।

उपाध्यक्ष महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै अनुमति दिएसँगै पदाधिकारी बैठक बसेको बताए।

उनले भने, ‘केन्द्रीय समितिको बैठक १७ गतेदेखि हुँदैछ। त्यो बैठकको प्रारम्भिक एजेन्डा तयार गर्न, विशेष गरी सबै पदाधिकारीहरुले आफ्नो धारणा राख्नुभयो। अध्यक्षज्युले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेन्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो। केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको छ। सबैले आ–आफ्ना कुरा राख्नुभयो। बैठक फेरि बेलुका ४ बजे बस्नेछ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड यतिबेला इटाली भ्रमणमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .