प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत बुधबार भएको १०० केजी सुन तस्करीबारे उच्चस्तरीय छानबिन माग गर्दै संसद्मा अवरोध गरेको छ।
एमाले सांसद् ठाकुर गैरेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने घोषणा गरे।
त्यस्तै प्रमुख सचेतक पदम गिरीले पनि कर्मचारीको सेटिङबाट मात्रै यति ठूलो परिमाणको सुन तस्करी नभएको बताउँदै यसमा उच्चस्तरीय छानबिन माग गरे।
दोलखाका २० वर्षीय युवकको नाममा दर्ता रहेको रेडी ट्रेडले ३३ पटकसम्म कयौँ क्वन्टिल सुन भित्र्याउँदा पनि सरकार रमिते बनेको गैरेले बताए।
सुन तस्करीलाई संरक्षण गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले संरक्षण दिएको बताउँदै उनीहरुले नैतिकताका आधारमा पद त्याग गर्नुपर्ने बताए।
गिरी र गैरे दुवैजनाले उच्चस्तरीय छानबिन समिति निर्माणका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
Shares
प्रतिक्रिया