ad ad

राजनीति


आन्दोलनमा मोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय

आन्दोलनमा मोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय

नेपालखबर
साउन १०, २०८० बुधबार २०:१५, काठमाडौँ

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा मोसो दल्ने सदस्यको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताए। 

उनले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको बताए।

उनले कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको पनि बताए। 

उनले बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको पनि बताए। स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको बताए। 

बैठकले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा गरेको छ।

जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .