ad ad

राजनीति


एमालेले राष्ट्रियसभामा पनि उठायो गृहमन्त्रीको राजीनामाको विषय

दाहाल भन्छन् : साउन ३ मै पद छाड्नुपर्ने थियो
एमालेले राष्ट्रियसभामा पनि उठायो गृहमन्त्रीको राजीनामाको विषय

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १२:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा पनि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको विषय उठाएको छ। 

बिहीबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकलाई सम्वोधन गर्दै विपक्षी दलका नेता देवेन्द्र दाहालले साउन ३ गते नै गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा नदिएको बताएका हुन्। 

साउन ३ गते पक्राउ परेको एक क्विन्टल सुन प्रकरण उठाउँदै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दथ्यो, तर अझै नदिएको भन्दै एमालेले राष्ट्रिय सभा बैठकमा प्रश्न गरेको हो। 

‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र? त्यसैले अब यो नैतिकताको विषय रहृयो र? साउन ३ गते राजीनामा दिएको भए हुन्थ्यो’, उनले भने, ‘अब यो गृहमन्त्री, अर्थमन्त्री र लगातका विमानस्थलको सम्पूर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ। अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ।’

सुरक्षा ब्यवस्था ब्यवस्थित गर्न नसकेकोमा संसद्‍लाई सम्बोधन गरेर गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ पर्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिनँ भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो। तर, त्यसो भएको छैन्,’ उनले भने। 

गत साउन ३ गते बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरएपिछि एक सय किलो सुन राजश्व अनुसन्धानले बरामद गरेको थियो। 

उक्त घटनालाई लिएर भोलिपल्ट साउन ४ गतेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले विमानस्थलको सुरक्षामा प्रश्न उठाएका थिए।

अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको पनि उनले बताए।

छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद बाहिर पनि हुन सक्ने उनको भनाइ छ।

संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता हुनुपर्नेमा उनले बताए। 

संसदबाहिर भए सरकार र राजनीतिक दलसमेत सहभागी हुने गरी समिति बनाउनुपर्ने नेता दाहालले माग गरे। सरकारले गर्ने छानबिनमा विश्वास गर्न नसकिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .