ad ad

राजनीति


कोशीमा सात दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने, नभए ठूलो दलका हिक्मत मुख्यमन्त्री

कोशीमा सात दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने, नभए ठूलो दलका हिक्मत मुख्यमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १५:१२, काठमाडौँ

सर्वोच्च अदालतले कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गरिसक्न आदेश दिएको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्चले असार २१ मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गरेसँगै फेरि एक पटक संविधानको धारा १६८(२) द्वारा सात दिनभित्र नयाँ सरकार बनाइसक्न आदेश दिएको हो।

यो संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा धेरै दलले फेरि एक पटक बहुमत जुटाएर सरकार बनाउने प्रयास गर्नेछन्। 

यसअघि थापालाई मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेले असार २२ गते रिट हाल्दा उत्प्रेषणको आदेशद्वारा धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश माग गरेको थियो।

सम्बन्धित समाचार

तर सर्वोच्चले थापाको नियुक्तिका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई असंवैधानिक ठहर गरेपछि फेरि एक पटक उपधारा २ अनुसार नै सरकार गठनको पहल गर्नुपर्ने भएको छ। 

यदि उपाधार २ अनुसार सरकार बनाउन फेरि पनि सम्भव नभए उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउने छ।

अबको सात दिनमा उपाधारा २ बाट सरकार बनाउन नसकेमा त्यसपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ। 

सर्वोच्चको यो आदेशपछि अहिलेका मुख्यमन्त्री थापा कामचलाउमा परिणत भएका छन्। 

कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले गत असार २२ गते सर्वोच्च अदालतमा रिट हालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .