ad ad

राजनीति


संघमा दुईवटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौं : अध्यक्ष लिङदेन

संघमा दुईवटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौं : अध्यक्ष लिङदेन

नेपालखबर
साउन ११, २०८० बिहिबार १८:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन्।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित शैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताए।

‘नेपालजस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ। यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ,’ लिङ्देनले भने, ‘अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रिय सभा खारेज गर्ने प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ।’

नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको पनि उनले बताए। उनले सेना बिनाको राज्य बनाउने प्रश्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए। 

‘नेपालको स्थायित्वका तीन पिल्लरहरु थिए, राजसंस्था, सनातन हिन्दु राज्य र नेपाली सेना। जसमध्ये दुई राजसंस्था र सनातन हिन्दु राज्य मासिसके भने अब अहिले आएर नेपाली सेनामाथि आक्रमण भइरहेको छ,’ उनले भने, ‘खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेना बिनाको राज्य बनाउने मोडल प्रस्ताव गरिरहेको छ। यो दुर्भाग्यको कुरा हो।’

नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए।

‘सेनालाई छुनु, चलाउनु हुँदैन, सेना भनेको सीमाको रक्षा, विपद् व्यवस्थापन, विकास निर्माणमा दिएको योगदानलाई बिर्सनु हुँदैन। सेनाको मनोबल घटाउने कुरा गर्नु देशको लागि दुर्भाग्य हो’, उनले भने, ‘यसलाई सशक्त, प्रभावकारी बनाउनुपर्छ। सेनाको हात हतियारहरू बलियो बनाएर राख्नुपर्छ। सेनालाई कमजोर पार्ने कल्पना गर्नु भनेको राष्ट्रिय हीत विपरित हो, राष्ट्रघात हो।’

अध्यक्ष लिङदेनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा बिरोध गर्ने चेतावनी समेत दिए। 

‘सुन काण्डमा संलग्न मानिसको जरासम्म नै पुग्नुपर्छ। दोलखाको २१ वर्षीय केटो जसको घरमा बिहान बेलुका खानको राम्रो बन्दोबस्ती छैन। उसले एक अर्बको सामान एकैदिनमा ल्याउने कल्पना गर्न सकिँदैन,’ उनले भने, छकम्पनी मालिकलाई पक्राउ गरेँ भनेर जुँगामा ताउ लगाउने भनेर ठूलै काम गरेँ भनेर भन्दा कसैले पत्याउँदैन, ठूला मान्छेको नाम आएको छ, अनुसन्धानको दायरामा आउनुपर्छ। सुन छिराउने कामको प्रकृतिलाई हेर्दा सामान्य मानिसबाट भएको काम होइन, माथिल्लो तहका मानिसको हात छ, यसमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .