ad ad

राजनीति


संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीशको नाम सिफारिस हुने

संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीशको नाम सिफारिस हुने

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १७:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। 

मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको बताएका थिए। 

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा  जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहेका छन्। 

कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .