परराष्ट्र मन्त्रालयले सम्झौता भएका भन्दा बाहेकका मुलुकको सेनामा भर्ना नहुन आग्रह गरेको छ।
सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी सरकारको नीति नरहेको परराष्ट्रले बताएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’
साथै, कुनै गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान मन्त्रालयले अनुरोध गरेको छ।
‘यस्ता कार्यमा संलग्न हुंदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ,’ मन्त्रालयले भनेको छ।
Shares
प्रतिक्रिया