ad ad

राजनीति


माओवादी केन्द्रीय सदस्यले बैठकमा ५ मिनेट बोल्न पाउने

माओवादी केन्द्रीय सदस्यले बैठकमा ५ मिनेट बोल्न पाउने

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १७, २०८० बुधबार १२:४१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई ५ मिनेट बोल्ने समय निर्धारण गरिएको छ।

बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी सदस्यहरुलाई बोल्न पाँच मिनेटको समय दिइने भएको हो।

बैठकमा सबैलाई बोल्न दिनेगरी समय निर्धारण गरिएको स्थायी समिति सदस्य रेखा शर्मााले नेपालखबरलाई जानकारी दिइन्।

बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी र स्थायी समिति बैठक बसेको थियो।

प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजेपछि सुरु हुने बैठकमा एजेन्डा प्रस्तुत गर्ने, अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

बुधबार पदाधिकारीले मात्रै धारणा राख्ने सम्भावना छ। ‘बिहीबारबाट केन्द्रीय सदस्यले बोल्न सुरु गर्नुहुन्छ,’ उनले भनिन्।

२०७८ पुस १३–१८ मा भएको महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड निर्विरोध चयन भएका थिए।

त्यसपछि माओवादी केन्द्रको अघिल्लो वर्ष असार १९ गते केन्द्रीय समिति बैठक बसेको थियो।

१३ महिनापछि बस्न लागेको बैठकमा नेताहरुको कार्यविभाजन, तीन महिने संगठन विस्तार अभियानको सुरुवात, सरकारका काम कारबाही, मंसिरमा विधान सम्मेलन र चैत्रभित्र विशेष महाधिवेशन गर्ने लगायत एजेण्डा तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .