ad ad

राजनीति


बैठक लाइभ गर्दा गोपनीयता भंग हुन्छ, पार्टीको मूलआत्मा नै मर्छ : माधव सापकोटा

बैठक लाइभ गर्दा गोपनीयता भंग हुन्छ, पार्टीको मूलआत्मा नै मर्छ :  माधव सापकोटा

नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १७, २०८० बुधबार १९:३३, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बुधबार १८ जना सदस्यहरुले बोलेका छन्। 

बुधवार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका विषय राखिसकेपछि १८ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका हुन्।

अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको बताउदै अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए।

उनले एक पटक पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने र तीन महिने अभियान चलाएपछि विधान सम्मेलनमा जानेबारे छलफल भइरहेको बताए।

उनले बैठकको लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु भएकाले लाइभ गर्ने निर्णय कार्यान्वयन नगरिएको पनि बताए।

‘पार्टी अध्यक्षले बैठकमा राखेको प्रस्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको भन्ने छ। यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने र तीन महिने अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने भन्ने भएको छ’, उनले भने, ‘विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रस्ताव राख्नुभएको छ।’

सापकोटाले बैठक लाइभ गर्दा मूल आत्मा नै मर्ने पनि बताए।

‘बैठक लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु हो। बैठक आन्तरिक हो, घरायसी हो’, उनले भने, ‘नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो। लाइभ गर्दा गोपनीयता भंग हुन्छ। त्यसलाई आन्तरिक रुपमा सीमित गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .