ad ad

राजनीति


संसदीय सुनुवाइ समितिले गर्‍यो यूएई र कुवेतका प्रस्तावित राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले गर्‍यो यूएई र कुवेतका प्रस्तावित राजदूतको सुनुवाइ

नेपालखबर
साउन १८, २०८० बिहिबार १५:४२, काठमाडौँ

संसदीय सुनुवाइ समितिले दुई देशको राजदुतमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ।

समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (यूएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो। 

प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए। 

बैठकमा बोल्दै यूएईका लागि प्रस्तावित नेपाली राजदुत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरूको सहयोग गर्ने प्रतिवद्धता जनाए। 

उनले देशको हीतका लागि आवश्यक कामहरूलाई त्यहाँको सरकारसँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र विस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए।

बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए।

त्यहाँ रहेका नेपाली नागरिकको हक, हीतका विषयमा केन्द्रित भइ काम गर्ने पनि उनले बताए। 

समितिको बैठकमा सांसदहरूले राजदुतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए।

राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरूको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .