ad ad

राजनीति


माओवादी बैठक आज चौथो दिनमा प्रवेश, केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

माओवादी बैठक आज चौथो दिनमा प्रवेश, केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८० शनिबार ८:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ। 

यही साउन १७ देखि कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकको आज चौथो दिन हो।

बिहान ११ बजे सुरु हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। 

हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन २१ सम्म चल्नेछ।

माओवादी केन्द्रीय समिति ४०७ सदस्यीय बनाइएको छ। यसअघि ३८५ सदस्य रहेकामा ३५ प्रतिशत महिलाको संख्या पुर्‍याउन २२ जना महिला सदस्य थपिएका हुन्। उनीहरू पनि शुक्रबारदेखि बैठकमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .