ad ad

राजनीति


सकियो माओवादी केन्द्रीय समिति बैठक, प्रचण्डले भने- भावनात्मक रूपले एकढिक्का भयौं

सकियो माओवादी केन्द्रीय समिति बैठक, प्रचण्डले भने- भावनात्मक रूपले एकढिक्का भयौं

नेपालखबर
साउन २१, २०८० आइतबार १७:१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ।आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो।

बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको  प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बताए। 

‘हामी एक ढिक्का भएका छौँ। पार्टी नेतृत्व बाहिर जाने छैनौँ। नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ,’ उनले भने, ‘हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ। फेरि माओवादी जाग्ने छ।’

लगत्तै बैठक हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’को नारा गुन्जिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .