ad ad

राजनीति


प्रचण्डको निर्देशन- देशभरिका सबै घरमा पुगेर गुनासा र आलोचना सुन्नू

प्रचण्डको निर्देशन- देशभरिका सबै घरमा पुगेर गुनासा र आलोचना सुन्नू

नेपालखबर
साउन २१, २०८० आइतबार १७:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले पार्टीले सञ्चालन गरेको तीन महिने अभियानको क्रममा देशभरीका प्रत्येक घरहरूमा पुगेर जनताको गुनासा र आलोचना सुन्न नेताहरूलाई निर्देशन दिएका छन्। 

पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकको अन्तिममा सम्बोधन गर्दै प्रचण्डले तीन महिने अभियान प्रभावकारी बनाउन एउटा घर पनि नछाड्ने र शहिद बेपत्ता परिवारसँग समेत भेट गर्न आग्रह गरे। 

माओवादीले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ नाम दिएर भदौ १६ गतेबाट तीन महिने अभियान सञ्चालन गर्दैछ। सो अभियानको सम्पूर्ण तयारी भदौ १५ भित्र सक्नेगरी लाग्न पनि सम्बन्धित नेताहरूलाई निर्देशन भइसकेको छ। 

‘हामीले यो अभियान अन्तर्गत एउटा पनि छर नछाड्ने, त्यो खाली माओवादी केन्द्रका समर्थक वा शुभचिन्तकको मात्र होइन, कुनैपनि राजनीतिक आस्थासँग सम्बन्धित भएपनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिँदै गरेको पहलको बारेमा,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, छजनतालाई हामीले आउने दिनमा कसरी राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्ने, सामाजिक न्यायलाई अघि बढाउने हाम्रा योजनाहरु राख्ने, जनताका गुनासा र आलोचना सुन्ने, शहिद बेपत्ता घाइते परिवारसँग भेट्ने। एउटा पनि घर नछाड्ने, नेपाल राज्यभित्र भएका प्रत्येक घर परिवारसँग सम्बन्ध गर्नेगरी अभियान चलाएर विधान सम्मेलनमा आइपुग्ने निश्कर्षमा पुगेका छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .