ad ad

राजनीति


सभामुखले बोलाएको शीर्ष नेतृत्वको बैठक निष्कर्षविहीन, साढे ३ बजे पुनः बस्ने

सभामुखले बोलाएको शीर्ष नेतृत्वको बैठक निष्कर्षविहीन, साढे ३ बजे पुनः बस्ने

नेपालखबर
साउन २२, २०८० सोमबार १४:५४, काठमाडौँ

सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेता र प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन सकिएको छ। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाइएको बैठक पुनः साढे ३ बजे बस्नेगरी सकिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

‘संघीय संसदको बैठकहरु अवरुद्ध भएको छ। त्यसको बारेमा अहिले शीर्ष नेताहरु बसेर छलफल भएको छ,’ लेखकले सञ्चारकर्मीहरूसँग भने, ‘प्रधानमन्त्रीज्यूको पहलमा प्रमुख प्रतिपक्षी दलको नेता र नेपाली कांग्रेसको सभापति समेत बसेर छलफल भएको छ। अहिले साढे ३ बजे पुनः बस्नेगरी हामी उठेका छौं।’

हाउस चल्नुपर्ने कुरामा सबै दलका नेताहरूबीच सकारात्मक छलफल भएको पनि उनले बताए। 

‘हामी फेरि बस्छौं। हाउस चल्नुपर्छ। धेरै महत्वपूर्ण कामहरु संचालन गर्नका लागि हाउस चल्नुपर्छ,’ लेखकले भने, ‘हामी सहमतिकै साथ अघि बढ्नुपर्छ भन्ने कुरामा सबै एकैठाउँमा छौं।’

आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित हुने पनि उनले बताए। 

‘४ बजेसम्मका लागि सूचना टाँस गरेर सर्छ। साढे ३ बजे पुनः बसेर नेताहरुको बीचमा छलफल हुन्छ। हाउस चलाउनेतर्फ नै हामी सबैको प्रयत्न हुन्छ,’ उनले भने।

आजको छलफल सकारात्मक रुपले अघि बढेको पनि उनले बताए। ‘आजैदेखि समितिको सभापति चयनको प्रक्रिया पनि अघि बढाउने कुरा भएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .