राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् बैठक नचलेकोप्रति असन्तुष्टि जनाएका छन्। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर शीर्ष नेताहरूबीच भएको छलफलमा सहमति नजुटेपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले संसद् बैठक नचल्ने र बार्गेनिङ चल्ने भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्,’ लामिछानेले भनेका छन्, ‘जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद।’
शीर्ष नतोहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
त्रिभुवन विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।
एमालेले उक्त माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएको छ।
Shares
प्रतिक्रिया