ad ad

राजनीति


बालकृष्ण खाण र मीनबहादुर गुरुङले पनि हिरासत बाहिरबाटै मुद्दा लड्न पाउनुपर्छ : सुनिल शर्मा

बालकृष्ण खाण र मीनबहादुर गुरुङले पनि हिरासत बाहिरबाटै मुद्दा लड्न पाउनुपर्छ : सुनिल शर्मा

नेपालखबर
साउन २६, २०८० शुक्रबार २०:४६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले पनि हिरासत बाहिर बसेर अनुसन्धान गर्न पाउनुपर्ने बताएका छन्। 

सीआईबीको हिरासतबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्। 

‘मीनबहादुर जस्ता मान्छेहरु भित्रै छन्। उनीहरुले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ,’ उनले भने, ‘बालकृष्ण खाणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ। किनभने उहाँहरु भगौडा होइन।’

साथै, उनले आफूले न्याय पाएको भन्दै धेरै मान्छेले न्याय पाउनपर्ने बताए। ‘आज न्याय मैले पाएको छु। धेरै मान्छेले न्याय पाउनपर्छ,’ शर्माले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .