ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड २ दिनसम्म चितवनमै बस्ने

प्रधानमन्त्री प्रचण्ड २ दिनसम्म चितवनमै बस्ने

भरतपुर विमानस्थलमा शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल। तस्बिर : सनद अधिकारी/रासस


नेपालखबर
साउन २७, २०८० शनिबार ८:२०, चितवन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन्।

शुक्रबार चितवन आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ २ दिन बस्ने प्रधानमन्त्रीकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिएकी छन्।

शुक्रबार साँझसम्म प्रधानमन्त्री प्रचण्डको पारिवारिक भेटघाटबाहेक अन्य कार्यक्रम तय भएको छैन। 

शनिबार पनि उनी भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा  बस्नेछन्। 

श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक चितवन आएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .