ad ad

राजनीति


प्रधानमन्त्रीप्रति प्रदीप पौडेलको आरोप : आफ्नो बाहेक अरु पार्टीका नेतामाथि अनुसन्धान गरे

प्रधानमन्त्रीप्रति प्रदीप पौडेलको आरोप : आफ्नो बाहेक अरु पार्टीका नेतामाथि अनुसन्धान गरे

नेपालखबर
साउन २८, २०८० आइतबार १९:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्।

आइतवार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन्।

उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए। उनले सुन तस्करी प्रकरणको मात्रै नभइ अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताए।

सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङबिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताए। उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताए।

उनले भने, ‘छानबिनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ। आज तिन हप्ता भइसक्यो। भरिया मात्रै समातेको छ। भारी बोकाउनेलाई किन समातिएन आजसम्म? त्यसैले यदि सीआइबिले प्रभावकारिता देखाउन नसक्ने हो भने विकल्प खोज्नुप¥यो नि त।’

उनले थपे, ‘आजसम्मका जतिपनि चर्चित घटनाहरु छन्, ति सबै घटनाहरुको छानबिन गर्नका निम्ति उच्च स्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ। यदी त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ।’

उनले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई काँग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।

सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताए।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्ध अभियान चलाएका छाैं साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए।

उनले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .