ad ad

राजनीति


सम्पादकहरुसँग ५ मिनेट बसेर गठबन्धन बैठकमा गए प्रधानमन्त्री

सम्पादकहरुसँग ५ मिनेट बसेर गठबन्धन बैठकमा गए प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १८:४१, काठमाडौँ

सोमबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुलाई बालुवाटारमा बोलाएका थिए

ललिता निवास, सुन तस्करी, गौर हत्याकाण्ड र संसद्‍मा अवरोधले नेपाली राजनीति तरंगित भइरहेका बेला प्रधानमन्त्रीले सम्पादकहरुसँग छलफल गर्ने  तयारी थियो।

तर, सम्पादकहरु बालुवाटारमा पुगेर ५ करिब मिनेट मात्रैको कुराकानीपछि प्रधानमन्त्रीले सत्ता गठबन्धनको आकस्मिक बैठक बसिरहेको जानकारी दिए। 

उनले सम्पादकरुसँग छोटो कुराकानीका क्रममा अहिले नै गठबन्धन बैठक बसिरहेकाले लामो समय दिन नसकेको बताए।

त्यस क्रममा प्रचण्डले महान्यायाधिवक्तासहितको बैठक बस्न लागेकाले केही घण्टा त्यसमा व्यस्त हुने भन्दै सम्पादकहरुसँग बिदा भए।

अहिले बालुवाटारमा गठबन्धनको बैठक चलिरहेको छ। जसमा महान्यायाधिवक्ता दीनमणि पोखरेल पनि सहभागी छन्।

त्यसैगरी सोमबार मात्रै युरोप भ्रमण छोट्याएर आएका सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन्।

बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, अर्का उपाध्यक्ष प्रमेश हमाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारी, एकीकृत समाजवादीका महासचिव घनश्या भुसाल, माओवादी उपाध्यक्ष अग्नि सापकोटा,  माओवादी उपमहासचिव वर्षमान पुन, जसपा नेता मनिष सुमन र माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी छन्।

बैठकमा साउन २१ गते सर्वोच्च अदालतले दिएको ललिता निवाससम्बन्धी आदेश, गौर हत्याकाण्ड र संसद्‍मा जारी अवरोधबारे नेताहरुबीच लामो छलफल हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .