एमाले नेता केशव स्थापित पार्टीको केन्द्रीय कमिटीबाट हटेका छन्। एमालेले स्थापित र सिरहाका प्रमोद यादवलाई केन्द्रीय सदस्यबाट बिदा गरेको हो।
उनीहरू आफैँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउन नेतृत्वलाई आग्रह गरेकाले एमाले केन्द्रीय कमिटीबाट बिदा गरिएको स्रोतको दाबी छ।
सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको बताइएको छ।
यसैबीच उक्त बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई भने पार्टीको केन्द्रीय सदस्य बनाएको छ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा हारेपछि स्थापित लगभग निस्क्रिय भएका थिए।
147
Shares
प्रतिक्रिया