ad ad

राजनीति


प्रचण्डप्रति ओलीको व्यंग्य- बिग्रिएकै भए पनि खाउ भनेको, दक्षिणपन्थीको आदेशले छाडे

‘वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोक्नेहरू ‘झोले’ हुन्’
प्रचण्डप्रति ओलीको व्यंग्य- बिग्रिएकै भए पनि खाउ भनेको, दक्षिणपन्थीको आदेशले छाडे

एमाले बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै ओली (तस्बिर : राजन काफ्ले/सचिवालय)


नेपालखबर
साउन ३०, २०८० मंगलबार १४:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘दक्षिणपन्थी झोले’को संज्ञा दिएका छन्। 

मंगलबार एमाले बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा ओलीले वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदिरहेकालाई झोले भन्ने गरेको आरोप लगाए। 

‘हामीलाई पनि झोले भन्ने गर्छन्। तर, खासगरी वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदिरहेका हुन्छ। त्यसलाई चाहीँ झोले भन्छन्,’ ओलीले भने।

साथै, उनले प्रचण्डप्रति कटाक्ष गर्दै बिग्रिएकै भएपनि एक पटक खाउ भन्दा दक्षिणपन्थीको आदेश आएपछि छाडिदिएको आरोप लगाए।

एमालेसहितको सहकार्यमा सरकार बनाएका प्रचण्डले पछि गठबन्धन फेर्दै कांग्रेससँग मिलेकोप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले सो कुरा बताएका हुन्।

‘बिना ज्याला खाइ न पाइ, अस्तिन मैले एक जनालाई त भनेँ, जे सुकै भएपनि बिग्रिएकै भएपनि खाउ भनेको दक्षिणपन्थी आदेश आएपछि छाडिदिए,’ ओलीले भने।

उनले आफूहरुले झोले शख्द प्रयोग नगर्ने पनि प्रतिवद्धता जनाए। 

‘हामीलाई त भनिराखेकै छन्, तर हामी यस्तो शब्द प्रयोग गर्दैनौं। हामीले दक्षिणपन्थीको झोलाका बोकेका छैनौं भन्छन् भने पुरानो भाषाको ढाकर हो,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .