ad ad

राजनीति


प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला–ठूला मान्छेको संलग्नता देखिन्छ

सरकारमा नभएकाहरुले अनुसन्धान रोक्न खोजे
प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला–ठूला मान्छेको संलग्नता देखिन्छ

नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा नेता, कर्मचारी र प्रहरीसहितका ठूला मान्छेहरूको पनि संलग्नता देखिएको खुलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन प्रकरणमा ठूला ठूला मान्छे संलग्न देखिन्छ, कर्मचारी नेता र पुलिस पनि।’

उनले सुनको अनुसन्धानलाई रोक्न खोजेको बताए। सरकारमा नभएको तत्वबाटै उक्त काम भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। 

‘तर सुनको अनुसन्धानलाई कसै न कसैले रोक्न खोजेको छ। जो सरकारमा छैन,’ प्रचण्डले भने, ‘एयरपोर्टबाट दिनदिनै सय केजी सुन तस्करी हुन्छ। एउटा देशबाट आउँछ, अर्कोमा जान्छ। त्यो ६० केजी पक्रिएपछि धेरै ठूलो संलग्नता देखिएपछि सीआईबीलाई दिइएको हो।’

‘यो त देशले नयाँ जय गर्नपर्ने विषय हो। तर सुन पक्रिएकोमा संसद् अवरुद्ध भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .