प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन्।
सम्पादकहरुको टोलीसँग मंगलबार बालुवाटारमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महराका बाबुछोरामाथि छानबिन थालिने बताएका हुन्।
‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्नुस् भनेर निर्देशन दिइसकेको छु’, उनले भने, ‘अब आजभोलिमै छानबिन अघि बढ्छ।’
प्रधानमन्त्री प्रचण्डले माओवादी उपाध्यक्ष वर्षमान पुनको गाउँले चेलीसहितसँग भेटघाट गरेको ८ वर्षअघिको फोटो पनि सार्वजनिक गरिएको तर त्यसबारे पुनले प्रष्ट पारिसकेको बताए।
‘वर्षमान पुनले रोल्पाको गाउँकै एक जना चेलीसहितको टोलीसँग भेटेको ८ वर्ष पुरानो फोटो पनि आयो, तर मलाई थाहा थियो त्यसमा केही पनि थिएन,’ प्रचण्डले भने, ‘वर्षमानले नै यसबारे प्रष्ट पारिसक्नु भयो।’
महराले सुनकाण्डमा आफू नजोडिएको बताए पनि केन्द्रीय अनुसन्धान ब्युरोको रिपोर्टमा बाबुछोराकै नाम आएकाले यसको अनुसन्धान अघि बढ्ने बताए।
उनले यसबारेमा आफूहरुले सीआईबीलाई सोध्दा महरा दोषी नभएको तर नाम जोडिएको जवाफ आएको सुनाए। त्यसपछि आफैंले बयान नलिएकोबारेमा सीआईबीलाई सोधेको प्रचण्डले बताए। अब सीआईबीले महरालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको उनले बताए।
सीआईबीले यो मुद्दा अल्झाइरहनु भन्दा छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको प्रधानमन्त्रीले बताए। महरालाई जोगाउने नाममा कसैले पनि कुनै भमिका नखेलेको उनको भनाइ थियो।
पूर्वसभामुखसमेत रहेका महरा र छोरा राहुल चिनियाँ नागरिक वाङसँगको सुन तस्करीमा मुछिएका छन्। उनीहरु दुवैले ई-सिगरेटबाट नेपालमा सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग २३४ पटकभन्दा धेरै फोन सम्पर्क गरेको खुलिसकेको छ।
उता महराले मंगलबार गृहजिल्ला दाङमा पुगेर सुन तस्करीमा मुछिएका भनिएका व्यापारी वाङ फलफूल व्यापारी भएको स्पष्टीकरण दिएका छन्।
उनले उनी फलफूल व्यापारी भएकाले रोल्पा र दाङसम्म आफैंले पुर्याएको पनि बताएका छन्। उनीसँग आफूले फोन सम्पर्क नगरेको दाबी गरेका छन्।
- प्रधानमन्त्री भन्छन् : सुन प्रकरणमा ठूला–ठूला मान्छेको संलग्नता देखिन्छ
- संसद्मा एमालेको अवरोधबारे प्रधानमन्त्री : फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ
- भुटानी शरणर्थी प्रकरण बीच बाटोमै भेटियो, रोकिएको छैन : प्रधानमन्त्री प्रचण्ड
- लिता निवासबारे प्रधानमन्त्रीको प्रश्न : अदालत किन बीचमै बोल्यो?
- महराले भने– अनुसन्धानका लागि बोलाउन भनेको छु, जुनसुकै बेला तयार छु
- महराबारे सत्ता गठबन्धनमा उठ्यो प्रश्न, गृहमन्त्रीले भने- अनुसन्धान हुँदैछ
- महराको नाम लिँदै प्रचण्डले भने : दोषी पुष्टि भए हत्कडी लगाए हुन्छ
- महराले प्रधानमन्त्री र गृहमन्त्रीलाई भने– निवेदन बोकेर सीआईबीमा बयान दिन जान्छु
- सुन प्रकरणमा मेरो संलग्नता छैन, त्यो मेरो नम्बर होइन : कृष्णबहादुर महरा
Shares
प्रतिक्रिया