नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्न हदैसम्म गिरेको बताएका छन्।
मंगलबार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन नेपालले भोट दिएका बताए।
‘विचरा माधव नेपाल। नाम त नलिए हुने हो। तर यो आन्दोलन समाप्त पार्न उनी यति तल गिरे। अदालत गए। कहाँ गएनन्? के गरेनन् उनले? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए’, उनले भने ‘दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर, ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क हाम्रो सरकार गिराउन भोट दिए। दक्षिणपन्थी सरकार बनाउन भोट दिए। कहाँसम्म गिरेका होलान्।’
उनले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी नअलमलिन आग्रह गरे।
Shares
प्रतिक्रिया