ad ad

राजनीति


सिंहदरबारमा आईजीपी र विमानस्थल सुरक्षा प्रमुखसँग छलफलमा प्रधानमन्त्री

सिंहदरबारमा आईजीपी र विमानस्थल सुरक्षा प्रमुखसँग छलफलमा प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १५:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवर र विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीलाई सिंहदरबारमा बोलाएका छन्।

प्रधानमन्त्रीले बोलाएपछि कुँवर ठकुरी दुवैजना केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।

गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको तस्करीको ६० केजी ७१६ ग्राम सुनबारेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गर्दा विमानस्थल सुरक्षा प्रमुख ठकुरी आफैं भने बिदामा थिए। 

सुन तस्करी प्रकरण सार्वजनिक भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सारको जाँचपास प्रक्रियामा प्रहरीलाई पनि संलग्न गराउनुपर्ने बताएका थिए।

यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन अनुसन्धान गरेपछि अहिले त्यसको जिम्मा सीआईबीले पाएको छ।

अलग्गै नौ केजी सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि मुछिएपछि प्रधानमन्त्रीले अनुसन्धान अघि बढाउने बताइरहेका छन्।

महराले मंगलबार दाङमा पुगेर आफू यो प्रकरणमा निर्दोष रहेको बताउँदै आवश्यक परेमा प्रहरीलाई अनुसन्धानमा सघाउने बताइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि यसअघि सोमबार सत्ता गठबन्धनको बैठकमा सुन तस्करीमा महराको नाम मुछिएको भन्दै अनुसन्धान अघि बढाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .