ad ad

राजनीति


प्रधानसेनापतिसँग तिब्बत सैनिक कमान्डका मेजर जनरलको शिष्टाचार भेट

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमान्डका मेजर जनरलको शिष्टाचार भेट

नेपालखबर
साउन ३१, २०८० बुधबार १८:२१, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमान्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मेजर जनरल एण्डीको नेतृत्वमा नेपालको पाँच दिवसीय भ्रमणमा आठ सदस्यीय सीमा सुरक्षा टोली आजै आएको हो। उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए।

टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालयलगायतका सैनिक इकाइ तथा काठमाडौँ र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीयस्थलको भ्रमण अवलोकन गर्नेछ।

यसखाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नाका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न नेपाली सेनाले विश्वास लिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .