ad ad

राजनीति


आरजु राणाको प्रश्न- लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो? (भिडिओ)

आरजु राणाको प्रश्न- लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो? (भिडिओ)

नेपालखबर
साउन ३२, २०८० बिहिबार १९:३१, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो? भन्दै प्रश्न गरेकी छिन्।

बिहीबार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद राणाले किर्ना र लामखुट्टेबाट पनि उक्त रोग सर्ने बताउँदै कतै मान्छेबाट सर्छ की भन्ने आफूलाई डर लागेको बताइन्। 

‘सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी छ। यो त त भेक्टर डिजिट रहेछ। किर्नाबाट पनि हुुने, लामखुट्टेबाट पनि हुने,’ उनले भनिन्, ‘डर चाही मलाई के लाग्यो भने यो रोग मान्छेमा पनि सर्छ कि क्या हो। धेरै रोगहरू जलवायु परिवर्तनले गर्दा लाग्ने गरेका छन्।’

सांसद राणाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताएकी हुन्। 

अहिले पशुहरुमा विभिन्न रोगहरु लागिरहेको भन्दै पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको पनि उनले बताइन्। 

‘भ्याक्सिनका लागि ल्याब तयार पार्न मन्त्रीज्यूले शून्य बजेट छ भन्नुभएको छ। राम्रो पशु ल्याब ल्याउन सरकारलाई सुझाव दिनुपर्ने देख्छु मैले। हामी कृषि प्रधान देश भन्छौं तर, पशु स्वास्थ्य ल्याव राम्रो छैन भनिरहेका छौँ। यो रोगपछि के के आउँछ त?,’ उनले प्रश्न गरिन्।

उनले उपयुक्त पशु ल्याब स्थापना गर्न सरकारलाई सुझाव समेत दिएकी छिन्। नेपाललाई कृषि प्रधान देश भनिएपनि उपयुक्त पशु ल्याव नहुनु दुःखद् पक्ष रहेको बताउँदै उनले बताइन्। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .