ad ad

राजनीति


नयाँ दलसँग आत्तिएर हुँदैन, उनीहरूले निराशाको व्यापार मात्र गरे : गगन थापा

नयाँ दलसँग आत्तिएर हुँदैन, उनीहरूले निराशाको व्यापार मात्र गरे : गगन थापा

नेपालखबर
भदौ २, २०८० शनिबार १५:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नयाँ पार्टी आएको भन्दै आफूहरु अत्तालिन नहुने टिप्पणी गरेका छन्। 

इलामको गौतमवुद्ध सभाहलमा इलाम नगरपालिका कार्यसमितिले आयोजना गरेको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेससँग गनगन गर्ने सुविधा नभएको पनि बताए। 

‘युगिन दायीत्व मेरो काँधमा छ भन्ने सोच्नुपर्छ। हामी अत्तालिएर पनि हुँदैन, बरालिएर पनि हुँदैन,’ महामन्त्री थापाले भने, ‘नयाँ पार्टी आयो अब कांग्रेस के हुन्छ भनेर हुँदैन। चुनावदेखि चुनावका लागि कांग्रेस बनेको होइन। ३० वर्षको पञ्चायत नेपाली कांग्रेसले नै भोगेको हो।’

उनले नयाँ आएका दलहरूप्रति इंकित गर्दै निराशाको व्यापार गरिरहेको आरोप पनि लगाए। 

‘नयाँ आएकाहरुले गरेको निराशाको व्यापार मात्र हो। तपाईं निराश हुनुहुन्छ र थप व्यापार तपाईंमाथि नै गर्छ,’ महामन्त्री थापाले भने, ‘हेर्दा त्यो नयाँ देखिन्छ, तर उसले व्यापार गर्छ। त्यो नयाँ होइन निराशाको व्यापार हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .