ad ad

राजनीति


माधव नेपाल फर्किएपछि पहिलोपटक आलोकनगरमा सचिवालय बैठक

माधव नेपाल फर्किएपछि पहिलोपटक आलोकनगरमा सचिवालय बैठक

नेपालखबर
भदौ २, २०८० शनिबार १६:२६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा केन्द्रीय सचिवालय शनिबार अपरान्ह केन्द्रीय सचिवालय बैठक बसेको हो। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण अभियान लगायतका विविध कार्ययोजनामा छलफल हुने बताएको छ। 

अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठक बसेको हो। 

युरोप भ्रमणमा गएलगत्तै अध्यक्ष नेपालमाथि पनि अनुसन्धानको बाटो खुला गर्नेगरी सर्वोच्च अदालतले आदेश दिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउने तयारी गरेको छ।

नेपालमाथि उठेको यो प्रश्नबारे आजको बैठकमा छलफल हुने बुझिएको छ। 

त्यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद्मा गर्दै आएको अवरोध अन्त्यका लागि खेल्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा एमालेले गत १० साउनदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .