समाजवादी मोर्चाको बैठक भोलि(आइतबार) बस्ने भएको छ। चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझका लागि तय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार एकीकृत समाजवादीकै पार्टी कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो।
‘भोलि बेलुकी हाम्रै पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक बस्ने छ,’ उनले शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने।
यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो।
42
Shares
प्रतिक्रिया