नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले आफूहरु पार्टीमा विचार र सिद्धान्तलाई स्पष्ट बनाउनेगरी लागेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले आगामी महाधिवेशनले नयाँ नेतृत्व स्थापित गर्ने बताए।
‘केही विचार र सिद्धान्तलाई सुष्पष्ट बनाउँछौं,’ खनालले भने, ‘त्यो क्रममा महाधिवेशनले नयाँ नेतृत्व स्थापित गर्छ। त्यो हामीले भन्ने कुरा होइन, महाधिवेशनले हो।’
उनले नेतृत्वमा आफ्नो दाबी रहने वा नरहने भन्ने त्यही बेलामा थाहा हुने पनि बताए।
‘नयाँ नेतृत्वमा मेरो दाबी रहन्छ कि रहँदैन त्यतिबेलै थाहा हुन्छ,’ खनालले भने।
108
Shares
प्रतिक्रिया