नेकपा (एकीकृत समाजवादी)ले पोलिटब्यूरो र केन्द्रीय समिति बैठक बोलाएको छ। शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले भोलि र पर्सि (भदौ ३ र ४ गते) पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको छ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पोलिटब्यूरो बैठकमा आगामी कार्यभारको विषयमा छलफल हुनेछ।
पोलिटब्यूरो बैठक लगत्तै मंगलबारदेखि ३ दिन केन्द्रीय कमिटीको बैठक बोलाएको पनि उनले जानकारी दिए।
‘पोलिटब्यूरोको बैठक भोलि र पर्सि बस्दैछ। ५,६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। यसका एजेण्डाहरू पहिले नै तय भइसकेको छ,’ सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य विषयवस्तु बनेको छ। यसैको सेरोफेरोमा सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ।’
21
Shares
प्रतिक्रिया