ad ad

राजनीति


गगनको प्रश्न : गठबन्धनका नेताले निर्णय गरेर ललिता निवासमा उन्मुक्ति दिन मिल्छ?

गगनको प्रश्न : गठबन्धनका नेताले निर्णय गरेर ललिता निवासमा उन्मुक्ति दिन मिल्छ?

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १४:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे केही नेताहरूको बयान नलिने निर्णयमा प्रश्न उठाएका छन्। 

गत साउन २९ गते गठबन्धनले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई ललिता निवास प्रकरणमा उन्मुक्ति दिने गरी लिएको निर्णयमा उनले प्रश्न उठाएका हुन्। 

दलहरुले त्यसो गर्न पाउँछन्? भन्दै थापाले उक्त कदमबाट सरकारको सुशासन अभियानमाथि पनि प्रश्न उठ्ने बताए।

झापाका विभिन्न स्थानमा कांग्रेस र भ्रातृसंगठनहरुका कार्यक्रममा सहभागी भइरहेका थापाले नेताहरुको उक्त निर्णय बेठीक रहेको उल्लेख गरे।

‘हामीले सुन्यौँ, गठबन्धनका नेताहरू बैठक बस्नुभयो। यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भएको पढ्यौ’, उनले भने, ‘के गठबन्धनका नेताहरू बसेर त्यसबारेमा छलफल वा निर्णय लिन पाउनुहुन्छ?’

थापाले कांग्रेस केन्द्रीय समिति बैठक मात्रै नभइ गठबन्धनको पनि लाइभ गर्नुपर्ने बताए। 

‘के भयो जनताले थाहा पाउनुपर्छ। कहिलेकाहीँ प्रतिपक्षी दलका नेतासँग पनि बैठक हुने गर्छ’, उनले भने, ‘यस्ता बैठक लाइभ हुनुपर्छ। किनभने बैठकअघि एउटा भाषा र बैठकपछि अर्को भाषा सुनिने गरेको छ।’

थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको बताए। नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसो भनेका हुन्। 

नेपालको जनसङ्ख्यालाई आकलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने  उनले सुनाए। त्यहीकारण पनि विकास सम्भव नहुने उनको भनाइ छ। 

जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .