ad ad

राजनीति


संसद् खुलाउन दलहरू सहमति नजिक, भोलि ४ बजे पुनः बस्ने

संसद् खुलाउन दलहरू सहमति नजिक, भोलि ४ बजे पुनः बस्ने

नेपालखबर
भदौ ३, २०८० आइतबार १५:५, काठमाडौँ

संसद् अवरोध खोल्न राष्ट्रिय मान्यता प्राप्त ७ राजनीतिक दलहरू सहमति नजिक पुगेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा संसदलाई लामो समय अवरुद्ध गर्न नहुने निष्कर्ष निकाल्दै दलहरू संसद्को गतिरोध हटाउन सहमति नजिक पुगेका हुन्।

यद्यपि यसबारे भोलि (सोमबार) अपरान्ह ४ बजे सिंहदरबारमा पुनः बैठक बसेर निर्णय गर्ने नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरलाई जानकारी दिए। 

‘आजको छलफल भित्रि इस्युमा पनि भयो। सकारात्मक भएको छ। यसलाई निरन्तरता दिनुपर्छ,’ नेम्वाङले भने।

दलहरूभित्र छलफल गरेर पुनः सोमबार सर्वदलीय बैठक बस्ने पनि उनले जानकारी दिए।

‘सदन एक सेकेन्डपनि अवरोध हुनु हुँदैन भन्ने मान्यतामा हामी सबै छौं, जनताका कुरा अवरुद्ध पार्न हुँदैन,’ नेम्वाङले भने, ‘उक्त निष्कर्षसहित भोलि पुनः छलफल गर्ने। त्यसअघि सबैले दलभित्र व्यापक छलफल गर्ने समझदारी बनेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .